नेप्लिज एसोसियशन अफ कनेक्टिकट

Naconn logo1वार्षिक साधारण सभा – २०१५

                                                From The Desk of Secretary
Date: 11/30/2015

आदारणीय आजीवन सदस्यज्यूहरु तथा सदस्यज्यूहरु, नेप्लिज एसोसियशन अफ कनेक्टिकटले विगतवर्षहरुमा झैं यस वर्ष पनि संस्थाले सम्पन्नगरेका कार्यक्रमहरु तथा आर्थिक लगायत अन्य गतिविधिहरूको समिक्षा गर्ने समय आइसकेको छ | नेकोन कार्यकारी समितिको नोवेम्बर ८, २०१५ मा बसेको बैठकले यही डिसेम्वर २० तारिख आइतवारका दिन वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको यहाँहरुलाई जानकारी नै छ | नेकोनले गत एक वर्षमा गरेका कार्यहरुको समीक्षा तथा मुल्याङ्कन गर्न र आगामी एक बर्षकालागी प्रस्तावित निती तथा कार्यक्रम माथि एथेस्ट छलफल एवम अनुमोदनका लागि निम्न स्थान, मिति र समयमा उपस्थित हुनकालागि हार्दिक अनुरोध गर्दछौं |

Venue: Portuguese Club of Hartford
730 North Mountain Road, Newington, CT
Date:   Sunday, December 20th, 2015
Time:   2:00 P.M. – 5:00 P.M.

एजेन्डा –
१      संस्थाको वार्षिक गतिविधिहरूको विवरण
२      संस्थाको वार्षिक आर्थिक विवरण
३      संस्थाको प्रस्तावित वार्षिक कार्यक्रम
४      संस्थाको प्रस्तावित वार्षिक आर्थिक योजना
५      आर्थिकबिनियम
६      बिबिध

 

धन्यवाद।

नारायण पौडेल
सचिब
नेप्लिज एसोसिअशन अफ कनेक्टिकट

(नोट: नेकोनको सधैं कार्यक्रम हुने हलमा नभैकन बारसँग जोडीएको हलमा साधारण सभा सन्चालन हुनेछ।)

The Assembly will start on time so please be seated by 2:00 p.m.