NACONN SUMMER PICNIC 2015

नेकोन द्धारा वनभोज कार्यक्रम सम्पन्न

केशव शर्मा दाहाल
कनेक्टिकट, अगस्थ–२५
कनेक्टिकटमा बसोवास गर्ने नेपालीहरु विचमा भेटघाट तथा आपसि परिचित हुने उद्देश्यकासाथ नेप्लीज एसोसियसन अफ कनेक्टिकट (नेकोने) को आयोजनामा विगतका वर्षहरुमाझै यसवर्ष पनि गत अगस्थ–२३, तारीख आईतबारका दिन Chatfield Hollow State Park, कनेक्टिकटमा बृहत बनभोज कार्यक्रम सम्पन्न भयो ।IMG_1983
युवा भाई बहिनीहरुको विषेश सक्रियता देखिएको यस कार्यक्रममा कनेक्टिकट राज्यभरी बसोबास गर्ने नेपालीहरुको उल्यख्य सहभागिता पनि देखिन्थ्यो । विभिन्न किसिमका खेलकुदहरुको आयोजनाले बालबालीका देखि आमा–बुबाासम्मको ध्यान केन्द्रित गरेको थियो । स–साना भाई वहिनीहरु Marble spoon, Sack Race, Hot Potato जस्ता खेलहरुमा निकै हर्षित देखिन्थे भने फुटबल र भलिबलको आकषर््ाक पनि उतिकै रमाईलो थियो । नेपालदेखि आफ्ना आफन्तहरुलाई भेट्न आउनु भएका आमाहरु तथा कनेक्टिकटमै  बसोबस गर्दै आउनु भएका आमाहरुले एकैसाथ भएर खेल्नुभएको म्युजिकल चेयर खेल बनभोजको सबैभन्दा आकर्षक पक्ष रहयो भने परदेशमा रहेर पनि नेपालमाझै वनभोजको मज्जा लिन पाउदा आमाहरु खुशि देखिनुहुन्थ्यो ।
संस्थाका कार्यसमिति सदस्या श्री गोपाल आधिकारीज्युको संयोजकत्वमा सम्पन्न यस कार्यक्रममा विषेश गरी सकर खेलतर्फ सुबम ढकाल, बिजया जिशी, सुयस अधिकारी, भलिवाल खेलतर्फ महेश भण्डारी, टिकत IMG_2061तथा राफल मा जेनिथ राई, जेनी योन्जन, शुशांक अधिकारी को विषेश भुमिका थियो । शुरुदेखी अन्त्यसम्म बिभिन्न खेलकुद प्रतियोगितालाई अत्यान्तै रमाईलो बनाउनको लागि श्री अनुप ओझा तथा सुश्री ममता मल्ल साथै नेकोनका निवर्तमान उपाध्यक्ष श्री तिलक मल्ल र श्री रमेश केशीज्युले  कुशलता र क्षमताका साथ योगदान पु–याउनु भएको थियो । बार्बीक्युतर्फ तारा निरौला, संकर महत क्षेत्री, अजुन देबकोटा लगायतका माहनुभावहरुको विषेश भुमिका देखियो । खानाको प्रबन्ध भने हबेली ईन्डिया रेष्टुरेन्टले मिलाएको थियो ।
कार्यक्रममा अर्को पक्ष  एन.आर. एन कनेक्टिकट च्याप्टरको विषेश पहलमा  एम आर पी राहदानी  तथा टि. पि. एस. सम्बन्धि जानकारी दिने पनि रहेको थियो । गैर–आवसीय नेपाली संघ (एन.आर.एन) का अध्यक्ष डा.केशव पौडेलको समेत उपस्थिति रहेको उक्त वनभोजIMG_2075 कार्यक्रमा अमेरीकाका लागि नेपाली उप–महाबणिज्य दुत श्री प्रविण भट्टराई ज्यु प्रत्यक्ष उपस्थित भएर बनिसकेका रहदानी हस्तान्तरण गर्नुभयो भने एम.आर.पि. राहदानि बनाउन छुट्नुभएकाहरुको लागि परामर्श तथा फारम बुझिलिने काम गर्नुभयो । टि.पि.एस बारे कानुनविद दुर्गा भुर्तेलज्युले जानकारी दिनुभएको थियो ।

बनभोन कार्यक्रमको अन्त्यतिर संस्थाका अध्यक्ष श्री संकर प्रसाद ढकालले विभिन्न खेलमा उत्कृष्ट हुने खेलाडीहरुलाई सिल्ड तथा ट्रफी वितरण गर्नुहुदै उपस्थित  सबैलाई धन्यवाद दिनुभएको थियो र बनभोज कार्यक्रम पनि औपचारिक रुपमा समापन गर्नुभयो ।

CLICK HERE FOR PHOTO GALLERY