LEGAL AWARENESS

– लक्ष्मी बजगाईं

कनेक्टिकटको वेस्टहार्टफोर्डमा लिगल अवारनेस कार्यक्रम सम्पन्न

नेप्लिज एसोसिएसन अफ कनेक्टिकको आयोजनामा फेब्रुअरी २३ का दिन कनेक्टिकटको वेस्ट हार्टफोर्डमा कानूनी जगारुकता कार्यक्रम  सम्मन्न भयो । अमेरिकामा आएर बसोबास गरेका नेपाली समुदायलाई पर्न सक्ने विभिन्न समस्याहरुको कानूनी समाधानका लागि सो कार्यक्रमको आयोजना गरिएको थियो ।

सयजना भन्दा बढी नेपालीहरु सहभागी रहेको उक्त कार्यक्रमलाई न्यु योर्कबाट आउनु भएका कानुनविद्हरु खगेन्द्र क्षेत्री र बिनोद रोक्काले आप्रवासी समस्या लगायत अन्य समसामयिक बिषयमा जानकारी दिनुभएको थियो भने व्यक्तिगत दुर्घटना तथा चिकित्सिय अनाचारका बिषयमा कानुनविद् दुर्गा प्रसाद भुर्तेलले बृहत् जानकारी दिनुभएको थियो ।

उहाँहरुले अमेरिकामा बसोबास गर्ने नेपालीहरुले आफुलाई दुर्घटना हुँदा वा अन्य समान समस्या पर्दा कसरी आफु सजग हुने र समस्याबाट

जोगिने भन्ने कुराको जानकारी दिनुभयो । नेकोनका अध्यक्ष्य घनश्याम खड्काले सो कार्यक्रमको सभापतित्व गर्नु भएको थियो भने सो कार्यक्रमको

संयोजकत्व लक्ष्मी बजगाईंले गर्नु भएको थियो । कार्यक्रम नेकोनका सदस्य नारायण पौडेलले संचालन गर्नुभएको थियो ।

डि. सी. नेपालमा छापिएको समाचार

प्रकाशकको नोट: पाठक वृन्द, यस कार्यक्रम तथा समाचार सम्वन्धि कुनैपनि टिप्पणी भए तलको Leave a Reply मा क्लिक गरी लेख्न सक्नु हुनेछ | धन्यवाद!