Dashain 2013

बिदेशमा बस्ने नेपालीहरुले नेपाली कला संस्कृति  र परम्परालाई  कायम राख्न  जुन प्रयत्न  गर्नुपर्ने हो त्यो कनेक्टिकट बासी  नेपालीहरुको निरन्तरको नेपाली पनको सम्बर्धनलाई लिन सकिन्छ  ।करिव  एक महिना अघि देखि  आरम्भ भएको नेकोनको बडा दशैंको तयारी  अक्टोबर ६ मा धुमधामसँग दशैं मनाउदै अन्त्य भएको छ  । संस्थाका उपाध्यक्ष श्री तेजेश विक्रम  मल्लको स्वागत मन्तब्य, प्रमुख  सल्लाहकार डा. गान्धीराज  भट्टराई, नेप्लिज सोसाइटी अफ अमेरिकाका अध्यक्ष श्री गौरिश्वर शर्मा तथा कलाकार गोपाल अधिकारी ( ट्वाकेन्द्र) को शुभकामना मन्तब्यका साथ आरम्भ भएको सो  कार्यक्रम  संस्थका अध्यक्ष श्री घनश्याम खड्काको  शुभकामना मन्तव्यसंगै औपचारिक रूपमा समापन गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा  दर्शकहरुले गायन,  नृत्य,  तथा हाँसोको   भरपूर मनोरन्जन लिनु भयो । आरम्भमा पूजन पनेरु  र गणेश राना मगरको जोडदार प्रस्तुति सह्रानीय थियो ।  नाच तर्फ गिल्डर् सिल्डर अनि  फिल्डर् लामा , कारमेल अधिकारी, सफल महत, रिजेश श्रेष्ठले  मनमोहक प्रस्तुति   दिएका थिए भने सुशांक अधिकारी  तथा जोनी योन्जनले सुमधुर स्वरमा मीठो  गीत  गाएका थिए । उता हांस्य कलाकार अर्जुन दाहालले  भने दर्शकहरुलाई थाकुन्जेल हंसाएका थिए । समसामयिक विषय वस्तुलाई जोड्दार व्यंग्य गरेका अर्जुनले, बरिष्ठ  हास्यकलाकार मनोज गजुरेलको श्रव्य-हांस्य सामाग्री समेत समेटेका थिए ।

कार्यक्रमको अर्को आकर्षण  भाग्यशाली  उपहार कार्यक्रम जसलाई  स्थानीय व्यापारीहरुले  प्रायोजन गर्नु भएको थियो ।   उक्त उपहार कार्यक्रममा १५ वटा भाग्यशाली उपहार समावेश गरिएको थियो  । कार्यक्रम को अन्तमा टेस्ट अफ ईन्डियाको मीठो र गरिष्ट भोजन   पचाउन खुला  नाच (डिजे ) मा सबै जना सहभागी हुनु भएको थियो । कार्यक्रम रोचक बनाउन उपहार तथा फलफूल प्रायोजन  गर्ने सबैलाई  संस्थाका अध्यक्ष  श्री खड्काले धन्यवाद दिनु भएको थियो |  पोर्चुगिज क्लब न्यूइङ्टनमा आयोजित उक्त  कार्यक्रमा कारीब २७० जनको सहभागिता रहेको थियो ।  सो  कार्यक्रमको संयोजन संस्थाका उपाध्यक्ष श्री तेजेश विक्रम मल्लले गर्नु भएको थियो भने कार्यक्रमको प्रस्तुति  श्री केशब शर्मा दाहाल द्वारा  गरिएको थियो ।

DC Nepal  मा छापिएको समाचार पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् I

http://dcnepal.com/news/news.php?nid=108605