नेप्लिज एसोसियशन अफ कनेक्टिकट वार्षिक साधारण सभा २०१६

Date: 11/22/2016

 

आदारणीय आजीवन सदस्यज्यूहरु तथा सदस्यज्यूहरु,

नेप्लिज एसोसियशन अफ कनेक्टिकटले विगत वर्षहरुमा झैं यस वर्ष पनि संस्थाले सम्पन्न गरेका कार्यक्रमहरु तथा आर्थिक  लगायत अन्य गतिविधिहरूको समिक्षा गर्ने समय आइसकेको छ | नेकोन कार्यकारी समितिको अक्टोबर ३०,२०१६ मा बसेको बैठकले यही डिसेम्वर १८ तारिख आइतवारका दिन वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको यहाँहरुलाई जानकारी नै छ | नेकोनले गत एक वर्षमा गरेका कार्यहरुको समीक्षा तथा मुल्याङ्कन गर्न र आगामी एक बर्षकालागी प्रस्तावित निती तथा कार्यक्रम माथि एथेस्ट छलफल एवम अनुमोदनका लागि निम्न स्थान, मिति र समयमा उपस्थित हुनकालागि हार्दिक अनुरोध गर्दछौं |

Venue:    Portuguese club of Hartford
730 N Mountain Rd, Newington, CT 06111

Date:   18th December, 2016 Sunday
Time: 1:00 PM-5:00 PM SHARP

एजेन्डा –

१.      संस्थाको वार्षिक गतिविधिहरूको विवरण

२.      संस्थाको वार्षिक आर्थिक विवरण

३.      संस्थाको प्रस्तावित वार्षिक कार्यक्रम

४.      संस्थाको प्रस्तावित वार्षिक आर्थिक योजना

५.   बहूउद्देशीय साँस्कृतिक केन्द्र निर्माण

६.   बिबिध

 

धन्यवाद।

नारायण पौडेल,  सचिब
नेप्लिज एसोसिअशन अफ कनेक्टिकट

FOR ENGLISH PLEASE CLICK HERE