Connecticut Chautari Advertisement Teriff

advertisement2श्रद्धेय कनेक्टिकटबासी व्यवसायीज्यूहरू
कनेक्टिकट नेपाली समाज(नेकोन)ले विगत वर्षहरूमा झैं नयाँ वर्ष २०७३ पारेर वार्षिक स्मारिका “कनेक्टिकट चौतारी” यो वर्ष पनि निकाल्न लागेको सहर्ष जानकारी गराउँछु। यहाँहरूको पवित्र सहयोग, सद्भाव, शुभेच्छा, र सकृय सहभागिता बेगर निकाल्न कठीन मात्र हैन शायद सम्भव समेत छैन। विगतको वार्षिक मुखपत्र प्रकाशनको लागि यहाँहरूबाट प्राप्त स्वतस्फुर्त तन, मन, वचन, र धनको सहयोग  र योगदानलाई शीर झुकाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस वर्ष पनि त्यसरी नै यहाँहरूको सहयोगको लागि हार्दिक अपेक्षा गर्दछु। सँस्थाको हितमा र समाजको श्रीविद्धिमा सक्रिय सहयोग र योगदान गर्नु भएकोमा यहाँहरूको व्यापार, व्यवसाय,  नोकरीमा प्रगति र सम्वृद्धि  र पारिवारिक अटल सुख र शौभाग्यको मंगलमय कामना गर्दछु।
शुभकामना संदेश, विज्ञापनको शुल्क कृपया तल हेर्न हुन सादर अनुरोध गर्दछु।
विनीत

रामकुमार सुबेदी
(रामअविराम)
प्रधान सम्पादक
कनेक्टिकट  चौतारी


Commercial and Personal Customized Advertisement Tariff:
Cover page (back) – color only
Full page – $150                  Half page – $100

Cover page (last page, inside) – B/W only
Full page – $75                    Half page – $40

Cover page (first, inside) – B/W only
Full page – $100                  Half page – $60

All other pages – B/W only
Full page - $60                    Half page - $35       ¼ page - $20 
 

Member special: Only $10 for your individual new year wishes up to 25 words

Personal messages longer than 25 words will be charged based on page size