नेप्लिज एसोसियशन अफ कनेक्टिकट वार्षिक साधारण सभा २०१६

Date: 11/22/2016

 

आदारणीय आजीवन सदस्यज्यूहरु तथा सदस्यज्यूहरु,

नेप्लिज एसोसियशन अफ कनेक्टिकटले विगत वर्षहरुमा झैं यस वर्ष पनि संस्थाले सम्पन्न गरेका कार्यक्रमहरु तथा आर्थिक  लगायत अन्य गतिविधिहरूको समिक्षा गर्ने समय आइसकेको छ | नेकोन कार्यकारी समितिको अक्टोबर ३०,२०१६ मा बसेको बैठकले यही डिसेम्वर १८ तारिख आइतवारका दिन वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको यहाँहरुलाई जानकारी नै छ | नेकोनले गत एक वर्षमा गरेका कार्यहरुको समीक्षा तथा मुल्याङ्कन गर्न र आगामी एक बर्षकालागी प्रस्तावित निती तथा कार्यक्रम माथि एथेस्ट छलफल एवम अनुमोदनका लागि निम्न स्थान, मिति र समयमा उपस्थित हुनकालागि हार्दिक अनुरोध गर्दछौं |

Venue:    Portuguese club of Hartford
730 N Mountain Rd, Newington, CT 06111

Date:   18th December, 2016 Sunday
Time: 1:00 PM-5:00 PM SHARP

एजेन्डा –

१.      संस्थाको वार्षिक गतिविधिहरूको विवरण

२.      संस्थाको वार्षिक आर्थिक विवरण

३.      संस्थाको प्रस्तावित वार्षिक कार्यक्रम

४.      संस्थाको प्रस्तावित वार्षिक आर्थिक योजना

५.   बहूउद्देशीय साँस्कृतिक केन्द्र निर्माण

६.   बिबिध

 

धन्यवाद।

नारायण पौडेल,  सचिब
नेप्लिज एसोसिअशन अफ कनेक्टिकट

FOR ENGLISH PLEASE CLICK HERE

 

Connecticut Chautari Advertisement Teriff

advertisement2श्रद्धेय कनेक्टिकटबासी व्यवसायीज्यूहरू
कनेक्टिकट नेपाली समाज(नेकोन)ले विगत वर्षहरूमा झैं नयाँ वर्ष २०७३ पारेर वार्षिक स्मारिका “कनेक्टिकट चौतारी” यो वर्ष पनि निकाल्न लागेको सहर्ष जानकारी गराउँछु। यहाँहरूको पवित्र सहयोग, सद्भाव, शुभेच्छा, र सकृय सहभागिता बेगर निकाल्न कठीन मात्र हैन शायद सम्भव समेत छैन। विगतको वार्षिक मुखपत्र प्रकाशनको लागि यहाँहरूबाट प्राप्त स्वतस्फुर्त तन, मन, वचन, र धनको सहयोग  र योगदानलाई शीर झुकाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस वर्ष पनि त्यसरी नै यहाँहरूको सहयोगको लागि हार्दिक अपेक्षा गर्दछु। सँस्थाको हितमा र समाजको श्रीविद्धिमा सक्रिय सहयोग र योगदान गर्नु भएकोमा यहाँहरूको व्यापार, व्यवसाय,  नोकरीमा प्रगति र सम्वृद्धि  र पारिवारिक अटल सुख र शौभाग्यको मंगलमय कामना गर्दछु।
शुभकामना संदेश, विज्ञापनको शुल्क कृपया तल हेर्न हुन सादर अनुरोध गर्दछु।
विनीत

रामकुमार सुबेदी
(रामअविराम)
प्रधान सम्पादक
कनेक्टिकट  चौतारी


Commercial and Personal Customized Advertisement Tariff:
Cover page (back) – color only
Full page – $150                  Half page – $100

Cover page (last page, inside) – B/W only
Full page – $75                    Half page – $40

Cover page (first, inside) – B/W only
Full page – $100                  Half page – $60

All other pages – B/W only
Full page - $60                    Half page - $35       ¼ page - $20 
 

Member special: Only $10 for your individual new year wishes up to 25 words

Personal messages longer than 25 words will be charged based on page size

 

TEEJ CELEBRATION 2015

कनेक्टिकटमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

रघुनाथ गिरी कनेक्टिकट,सेप्टेम्बर ७ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी  छरिएर रहेका नेपाली दिदीबहिनीहरु वीच तीजको शुभकामना low1आदान प्रदान तथा विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ  कनेक्टिकट नेपाली समाज(नेकोन)ले सेप्टेम्बर ६, तारिख आर्इृतबारका  दिन  तीज कार्यक्रम २०७२  भव्यताका साथ सम्पन्न गर्यो । समाजकी ज्येष्ठ नागरिक सावित्री अधिकारी ज्यूको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष शंकर प्रसाद ढकाल pic 6ज्युको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उल्लेखनिय रुपमा कनेक्टिकट बासी नेपाली नारीहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा ७५ वर्ष नाघेका आमाहरुलाई सम्मान गर्नुका साथै तीज सम्बन्धि विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । उपस्थित नारीहरुलाई निःशुल्क पासको व्यवस्था गरिएको थियो भने कार्यक्रमलाई स्थानिय व्यवसायी संस्थाहरुले प्रायोजन गरेका थिए । कार्यक्रमका सभापति एवंम सस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले तीजको शुभकामना दिदै उपस्थित तथा कार्यक्रमका सहयोगी सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो भने कार्यक्रम संयोजक प्रमिला सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो । सस्थाकी सल्लाहकार वसन्ताlow2 न्यौपानेले सत्य युगमा पार्वतीले महादेव स्वामी पाँउ भनि व्रत गरेको दिनको संझनामा तीज पर्व मनाउने गरेको प्रसंग उल्लेख गर्दै यस्ता कार्यक्रमले छाडा तीजको विरुद्ध सुसुचित गर्ने बताउनु भयो ।उक्त कार्यक्रममा ७५ वर्ष नाग्नुभएका आमाहरु क्रमशःसावित्री अधिकारी,लक्ष्मि पराजुली,पवित्रा देवि दाहाल,कृष्ण कुमारी ओझा, राधा कुवँर,चेत कुमारी घिमिरे तथा धनमाया थापालाई सम्मान गरिएको थियो । सम्मानित आमाहरुको तर्फबाट  ७६ बर्षिया कृष्ण कुमारी ओझाले  कार्यक्रम एकदमै राम्रो लागेको र आफु नेपालमै रहेको जस्तो लागेको प्रतिक्रिया दिनुभयो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा तीज सम्बन्धि सास्कृतिक कार्यक्रम रहेकोpic 5 थियो जसमा कनेक्टिकट बासी नेपाली दिदीबहिनीहरुले  तीजको पहिरहनमा सजिई अतिनै आकर्षक तीज सम्बिन्धि नृत्यहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमा खानेकुराको सम्पुर्ण प्रायोजन टेस्ट अफ इन्डिया वेष्ट हार्डफोर्ड, टेस्ट अफ इन्डिया विन्जर्स, हभेली इन्डिया,बलिउड ग्रिल, नमस्ते इन्डिया, बम्बई वलिभ,निक्कि डलर लगायतका व्यापारीक संस्थाले गरेका थिए भने  महेन्द्र श्रेष्ठले व्यक्तिगत रुपमा सहयोग गर्नुभएको थियो ।

CLICK HERE FOR PHOTO GALLERY

SPONSOR

भुकम्प पिडितलाई सहयोग

केशब शर्मा दाहाल, कनेक्टिकट, जुलाई २०/ नेपालमा हालै गएको महाबिनाशकारी भूकम्पमा परी हजारौ संख्यामा जन धनको क्षति भएको तथा कैयौको संख्यामा घाईते भई मुलुक अस्तव्यस्त भएको अवस्थामा उक्त संकट समाधान गर्नका लागि देश तथा विदेशबाट समेत विभिन्न संघ संस्था र व्यक्तिहरुबाट आवश्यक भौतिक एवं आर्थिक सहयोग भई रहेको सन्दर्भमा अमेरिकामा रहेको कनेक्टिकट नेपाली समाज (नेप्लिज एसोसिएसन अफ कनेक्टिकट ) ले आफ्नो नेतृत्वमा जम्मा गरेको राहत रकम ४७ हजार पाच सय सत्र डलर र नौ सेन्ट हालै एक बिशेष कार्यक्रमको अयोजना गरि नेपाल सरकार का प्रतिनिधि अमेरिकाका लागि नेपालका महामहिम राजदूत डा. अर्जुन कुमार कार्की समक्ष हस्तान्तरण गरेको छ।

उक्त अवसरमा राजदूत डा. अर्जुन कुमार कार्की समक्ष नेपाली समाज कनेक्टिकटका अध्यक्ष श्री शंकर प्रसाद ढकालले सो रकमको चेक हस्तान्तरण गरेका छन। सो चेक हस्तान्तरण कार्यक्रममा राजदूत कार्कीले बिदेशमा बसेका नेपालीहरु र संस्थाहरुले नेपाल र नेपाली प्रतिको देखाएको सद्भावको प्रशंसा गर्दै सो रकम नेपाल सरकारले भुकम्पबाट प्रभावित परिवारको राहत र उद्दारमा सहयोग पुग्ने गरी प्रयोग गरिने भनाइ राखे| उनले यस्ता बिपतका समयमा गैर आवासीय नेपालीहरुले बेला बेलामा आर्थिक सहयोग गरेर आफ्नो जन्मभुमी प्रती देखाएको स्नेह र प्रेमले आफु निकै प्रभावित भएको बताए। उनले संविधानको बारेमा र टि.पी.एस (Temporary Protected Status) को बारेमा पनि प्रकाश पार्दै कनेक्टिकट नेपाली समाजलाई नेपाल सरकारलाई गरेको सहयोग प्रती हार्दिक धन्यवाद दिएका थिए |

उक्त अवसरमा संस्थाका अध्यक्ष शंकर ढकालले संस्थाले उठाएको सो रकम संकलन गर्न सम्पूर्ण कनेक्टिकटवासी र बिभिन्न संघ संस्थाको सहयोग एव बालबालिकाहरुले महत्वपुर्ण भूमिका खेलेको चर्चा गर्दै संस्थाका पुर्व कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु र राहत संकलन कार्यमा जुट्ने सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरे |उक्त राहत संकलन कार्यको संयोजक रमेश के. सी. ले सबैको सहयोगबाट रकम संकलन सम्भव भएको बताउदै सहयोग गर्ने सबै मनोकारीलाई धन्यवाद दिएका थिए।

सो कार्यक्रमको स्वागत मन्तब्य संस्थाका सचिब नारायण पौडेलले गरेका थिए भने कार्यक्रम संस्थाका सहसचिब केशब शर्मा दाहालले संचालन गरेका थिए। सो कार्यक्रममा नेकोनका प्रमुख सल्लाहकार केदार खतिवडा, एन आर एन कनेक्टिकट च्याप्टरका अध्यक्ष राम प्रसाद ओझा, कालिदास शर्मा, उत्तम लोहनी, अशोक श्रीवास्तब लगायतले मन्तब्य राखेका थिए।

उक्त कार्यक्रम सम्पन्न भए लगत्तै राजदूत कार्कीले नेकोनद्वारा संचालित ग्रिष्मकालिन नेपाली भाषा पाठशालाको अवलोकन गरेका थिए | सो अवसरमा भाषा पाठशालाका संयोजक राजन तिम्सिनाले बालबालिकाले भाषा पाठशालाबाट लाभ उठाएको बारेमा प्रकाश पारेका थिए |

नेपाली भाषा कक्षा संचालन

 

कनेक्टिकट नेपाली समाजको पहलमा बार्षिक कार्यक्रम अनुसार यस बर्षको नेपाली भाषा कक्षा संचालन जून २७ बाट शुरु गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा उल्लेख्य अभिभाबकहरुको उपस्थिति रहनुको साथै उत्साहका साथ आफ्ना नानीहरु सहित सहभागिता जनाएका थिए l कार्यक्रम संस्थाका अध्यक्ष शंकर ढकालको अध्यक्षतामा सम्पन्न भयो l

उक्त अबसरमा अध्यक्ष शंकर ढकालले नेपाली भाषा तथा संस्कृति जोगाउन यस्ता कार्यक्रमहरु निरन्तर गरिने तथा यसलाई ब्यबस्थित गरि लगिने बताउनु भयो । त्यसै गरी कार्यक्रमका संयोजक राजन तिम्सिनाले कार्यक्रमको बिस्तृत जानकारी प्रस्तुत गर्नु भयो । प्रस्तुत कार्यक्रम अनुसार आगामी सेप्तेम्बेर ५ सम्म हरेक शनिबार संचालन हुने यस नेपाली भाषा कक्षामा करिब ४० बिद्यार्थीहरु सहभागी हुने छन । कार्यक्रम ब्रिस्ट्रो मिडल बिद्यालमा संचालन भएको छ ।

प्रमुख अतिथिमा काली दास शर्मा ,पुर्व अध्यक्ष सन्तोष लम्साल ,एनआरएन एनसीसी कनेक्टिकट शाखाका अध्यक्ष राम ओझा ,समाज सेवी कृष्ण अधिकारी तथा  शिक्षिका सैलु मल्लले पनि बिद्यालयका बारेमा मन्तब्य राख्नु भएको थियो l

bउक्त स्कुल वेस्ट हार्टफोर्ड टाउन संग समन्वय गरि उपलब्ध भएको हो । नेपाली समुदायको बढ्दो प्रभावले टाउन हल संग समन्वय गर्न सजिलो भएको हो । स्कुलकै बाताबरणमा अमेरिकी संस्था संचालनको मापदण्ड पुरा गरि संचालन गरिएको यो कार्यक्रम उपलब्धिमुलक हुने विश्वास समुदायले गरेको छ । नेकोनले हरेक बर्ष नेपाली भाषा कक्षा सन्चालन गर्दै आइ रहेको पनि छ ।

Greetings from the NACONN Election Committee 2015

Dear community members, Greetings from the NACONN Election Committee 2015! Laxmi Shivakoti, Madhav Atreya and Ashok Srivastav, in the capacity of election committee members for the upcoming election to be held on May 17, would like to thank the Nepalese Community and NACONN Executive Board for having provided us the opportunity to serve. With the official confirmation of the previously nominated election committee members by NACONN Executive Board on March 1, 2015, election commission 2015 has formally started its work. With this email, we are officially announcing the start of NACONN election cycle 2015. Please see below, the key dates pertaining to the election cycle. • Candidacy filing date: Apr 18 – Apr 25 • Publication of final voting list: Apr 25 • Publication of initial list of candidates who filed candidacy : Apr 26 • Filing of candidacy related objections, petitions: Apr 26 – Apr 30 • Final date until which election candidates can withdraw nominations: May 1 • Vetting & validation of candidates who filed candidacy: May 2 • Publication of final list of election candidates: May 2 • Declaration of winners for uncontested posts: May 2 • Last day until which election candidates can campaign: Midnight of May 14 • NACONN Election Day: May 17, 2015 Please also find attached with this email key documents pertaining to the election cycle: • Election Calendar (In Nepali) • Code of Conduct (In Nepali) • Candidacy form • Member’s list as of Feb 28, 2015 Please contact NACONN secretary Jaya Rai if your name is missing and/or your address is incorrect. Election office has been established at 389 Ridgewood Rd, West Hartford, 06107. During the candidacy filing dates, we will have dedicated office hours from 4:00 PM – 8:00 PM on weekdays and from 12:00 PM – 6:00 PM on weekend. An election committee member will be present in person during the office hours. Candidates can also arrange to pick up and/or drop off candidacy forms by calling ahead and arranging to meet one of the election committee members at a suitable location and time. A copy of all the attached documents will be posted at the Election Office. Beginning the week of Apr 18, updated voter list will be made available every week by Sunday of each week. Updated list will be posted at the office and will also be available on NACONN website. Candidates can also pick up the hard copy of candidacy form if they want from the election office. The copies will be put in a brown envelope. Please call Madhavji ahead for in person visits and inquires. For in person visits outside the posted office hours and days, please make sure you call ahead. Madhavji has graciously agreed to provide usage of his house as election office and we urge everyone to respect his privacy and space by following this simple etiquette of calling ahead and planning the visit around his availability. All of the above documents will also be available in our website. Candidacy form can also be downloaded from the NACONN website and printed. Please note that the completed candidacy forms must be submitted in person during the office hours and within the candidacy filing dates. If due to extenuating circumstances, you cannot drop the candidacy form during the office hours, an arrangement should be made to drop off the candidacy form by contacting one of the election committee members. Failure to submit the properly completed candidacy form by the deadline will automatically invalidate your candidacy. Please note there will be no exceptions in the matter. We encourage the community to actively participate in this wonderful exercise of democracy and help chose the best candidates to represent, serve and strengthen the community. We look forward to all your help, support and active engagement as we all work towards the goal of concluding the election in fair, just and coordinated manner. Thank you, NACONN Election Committee 2015 ——————————————————————————————————————————- Ashok Srivastav Laxmi Shivakoti Madhav Atreya asokshree@hotmail.com laxmishivakoti@gmail.com madhav641@hotmailcom (303) 921-7596(Cell) (860) 941-4577(Cell) (860) 372-0500(Cell) (203) 450-5085(Cell & Text)