नेपाली भाषा पाठशाला २०१४

नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको प्रमुख परियोजना नेपाली भाषा कक्षा श्री राज कुमार श्रेष्ठको संयोजकत्वमा नयाँ उत्साहकासाथ यही जून २१ देखि आरम्भ भएको छ । यस पटक ३५ जना छात्रछात्राले प्रवेश लिएका छन् । यो भाषा पाठशाला सेप्टेम्बर १४ मा सम्पन्न हुनेछ । 

आजसम्म विद्यालयलाई आर्थिक सहयोग गर्नुहुने महानुभावहरुको नामावली निम्नानुसार रहेको छ:

श्री सन्तोष लम्साल २६४. ०० 

डा. हरि कोइराला १०५.०० 

श्री चेतन खड्का ( १० साउथ मेन लीकर ) १०१. ०० 

श्री  पुष्प दाहाल ५०. ०० 

श्रीमति  सम्झना हमाल ५०. ०० 

श्री जितेन्द्र बस्नेत ५०. ०० 

श्री पुरुषोत्तम ढकाल/ श्रीमती रूपा ढकाल ५०. ०० 

श्री सौरव सुबेदी ४१. ०० 

श्री शंकर राज बराल २५. ०० 

श्री दुर्गा आचार्य २०. ०० 

नेपाली कक्षाको एक झलक:

क्रमश:… अर्को कक्षाको झलक अर्को हप्ता… 

 

 

 

 

 

 

 

Sports activity

 

The tremendous love and support of all Nepali living in Connecticut has once again motivated Nepali Youth in CT to participate in the 2014 ANA convention in Vienna, VA this year. Our soccer team –CTNFC and basketball team –CT Guards are both stronger and more determined to perform their best this year!

It is with pleasure that we invite every Nepali living in Connecticut to come support OUR teams in ANA. Following is the list of all participating teams and artists:

Soccer: Connecticut Nepali Football Club

Basketball: CT Guards

Dates: Main Convention: July 4th, 5th, 6th, and 7th

Sports Tournaments: July 4th, 5th, and 6th

Convention Venue:

Tysons Corner

Vienna, VA

For Questions or more Information:

Nishedh Khadka: 860-709-2325

Anup Ojha: 860-904-8420

ग्रिष्मकालीन नेपाली भाषा कक्षा प्रारम्भ

वेष्ट हार्टफोर्ड, कनेक्टिकट, जुन २१, २०१४ ।

नेप्लिज एसोशिएसन अफ कनेक्टिकटको ग्रिष्मकालीन नेपाली भाषा कक्षा जुन २१ तारिखदेखी प्रारम्भ भएको छ । भाषा कक्षामा अहिलेसम्म ३३ जना साना साना बालबालिकाहरु भर्ना भईसकेका छन् भने ४ जना शिक्षक शिक्षिकाहरुले नेपाली भाषा र संस्कृतिको प्रशिक्षण दिनुहुनेछ । शिक्षक शिक्षिकाहरुमा गोपाल गौतम, लक्ष्मी ओझा, राम सुवेदी र मिलन श्रेष्ठ रहनु भएको छ ।

श्री घनश्याम खड्काज्यूले यस भाषा कार्यक्रमलाई तेस्रो वर्षमा पनि निरन्तरता दिनसकेकोमा सबै सदस्यहरुलाई धन्यवाद दिंदै यसलाई सधैं निरन्तरता दिने प्रयास जारिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो। त्यस्तै यो कार्यक्रमलाई नयाँपन दिईएको, भाषा र संस्कृतिको शिक्षण विधिलाई आधुनिकीकरण गरिएको, र शिक्षक शिक्षिकाहरुको कार्य सम्पादनको मुल्यांकन जस्ता कुराहरुमा प्रकाश पार्दै यस वर्षको कार्यक्रमलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थाको लोगो र कार्यक्रमको नाम लेखिएको टि(शर्ट विद्द्यार्थी बालबालिकाहरु र शिक्षक शिक्षिकाहरुलाई निशुल्क वितरण गरिएको थियो ।

सो कार्यक्रम अन्तर्गत राखिएको प्रवचन कार्यक्रममा युनिभर्सिटी अफ कनेक्टिकटबाट डा. श्री हरि कोइराला र संस्थाका प्रमुख सल्लाहकार श्री गान्धी भट्टराईज्युले प्रवासमा हाम्रो नेपाली भाषा तथा संस्क्रिती सम्बन्धी कार्यक्रमको महत्व वारे प्रकाश पार्नुभएको थियो भने यस सम्बन्धमा अन्तरकृया कार्यक्रम पनि राखिएको थियो।

व्यवस्थापना समितीका संयोजक श्री राज श्रेष्ठज्यूले शिक्षक शिक्षिकाहरुलाई अगाडि ल्याइ सम्मान गर्नुका साथै व्यवस्थापन समितीका सदस्यहरुलाई परिचय गराउनुभएको थियो । यो कार्यक्रम जुन २१ देखी सेप्टेम्बर २० सम्म संचालन हुनेछ ।

व्यवस्थापना समितीमा संयोजक राज कुमार श्रेष्ठका साथै सदस्यहरुमा गोपाल गौतम, रमेश के सी, रमेश पाठक, शिव न्यौपाने र माधव आत्रेय रहनुभएको छ।

डी. सी. नेपालमा छापिएको समाचार

जनपुकारमा छापिएको समाचार

 

 

निमन्त्रणा

 Picture11111
आदरणीय दाजुभाइ दिदी बहिनी तथा अभिभावकज्यूहरु
नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन)
 
तेस्रो वर्षमा प्रवेश गर्दै गरेको नेकोनको नेपाली भाषा कक्षाको उद्घाटन कार्यक्रम यही शनिवारका दिन हुनगैरहेको हुनाले निम्न मिती र स्थानमा उपस्थित हुनुभई सो कार्यक्रमको शोभा बढाईदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।
 
मिती: जुन २१, २०१४
समय: दिउँसो १:४५ बजे
स्थान: कङ्ग्रीगेशन वेथ इज्रायल, ७०१ फार्मिङ्टन एभेन्यु, वेष्ट हार्टफोर्ड, कनेक्टिकट

२५५८ औं बुद्ध जयन्ती

 

 

नेप्लिज एसोसिएसन अफ कनेक्टिकटलले मनाउने गरेको बुद्ध जयन्तीमा  आफ्नै मौलिकपन झल्किने गरेको पाइएको छ | औपचारिक कार्यक्रमको रूपमा आरम्भ भएको उक्त कार्यक्रम बौद्ध गुरु गेलु लामाको मन्त्रोच्चारणबाट सुरु  भएको थियो | संथाका अध्यक्ष घनश्याम खड्काको सभापतित्वमा आरम्भ उक्त कार्यक्रमममा “बुद्धम शरणं गछामि” को मूलमन्त्र संगै आरम्भ भएको थियो |

स्वागत मन्तव्यको क्रममा संस्थाका सचिव जय कुमार राईले बुद्धले आफ़्नोलागि मात्र नभई सम्पूर्ण मानवजातिको मुक्तिको लागि ज्ञान मार्गको उपहार दिएको प्रसङ्ग उल्लेखित गर्दै दु:ख, कष्ट, अशान्तिबाट मुक्तिको मार्ग पैल्याई संसारलाई शान्ति, दया, मैत्रीको संदेश दिएको कुरा उल्लेख गर्दै प्रेम, सद्भाव,करुणा एवं दयाका प्रतिमूर्ति भगवान बुद्धको जन्म जयन्तीमा पाल्नुहुने भक्तजनहरुलाई स्वागत गर्नु भएको थियो |कार्यक्रममा अतिथिको रूपमा संस्थाका पूर्व अध्यक्ष सन्तोष लम्साल, डा. हरि इराला तथा नेप्लिज असोसिएसन इन अमेरिकाका प्रतिनिधि रामचन्द्र रेग्मी रहनु भएको थियो ।

वक्तव्यको क्रममा डा. हरि कोइरालाले बुद्ध संसारका सबैभन्दा ठूला गुरु भएको तर्क प्रस्तुत गर्नु भयो | अर्का वक्ता अर्जुन सापकोटाले बुद्धले ज्ञान प्राप्त गर्ने क्रममा गर्नुभएका प्रमुख प्रयोगहरुका विषयमा चर्चा गर्नु भएको थियो | 

औपचारिक कार्यक्रमको समापन गर्दै सभापति खड्काले वर्तमान संसारमा युद्धको सन्त्रास दिनानुदिन बढिरहेको एवं लोभ, मोह, राग, द्वेष, ईर्ष्याबाट पैदा भएको भयलाई शान्तिदूत भगवान बुद्धको शिक्षाले हामीलाई शान्तिको बाटोमा हिंड्न प्रेरित गरेको कुरा उल्लेख गर्नु भयो |

कार्यक्रमका संयोजक रोमी योञ्जनको कुशल संयोजनमा आयोजित उक्त कार्यक्रम बुद्धको ध्यान तथा परिक्रमा पश्चात शिशु बुद्धलाई जल चढाउने  कार्यसंगै  समाप्त भएको थियो | अन्तमा स्वादिष्ट कोरियन शाकाहारी भोजनले श्रद्धालुहरुमा नयाँ पनको आभाष दिएको थियो |

उक्त कार्यक्रम इन्टर नेशनल बुद्धिष्ट टेम्पल एंड मेडिटेसन सेन्टर न्यु हार्टफोर्ड, कनेक्टिकटमा सम्पन्न भएको थियो |

 

 

 

नेपाली भाषा कक्षा तेश्रो वर्षमा

नेप्लिज एसोसीयशन अफ कनेक्टिकटको नेपाली भाषा कक्षा 

मे १६, २०१४, वेष्ट हार्टफोर्ड, कनेक्टिकट । झण्डै दुई हजारको हाराहारीमा नेपालीहरुको बसोवास रहेको कनेक्टिकट राज्यमा नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन) ले तीन वर्षअघिदेखि नेपाली बालबालिकाहरुका लागि नेपाली भाषा, संस्कृति र परम्परालाई समेटेर सफलतापूर्वक नेपाली भाषा कक्षा परियोजना संचालन गर्दै आएको छ । 
गत महिना नेकोनका अध्यक्ष घनश्याम खड्काको सभापतित्वमा बसेको कार्यसमितिको बैठकले सो कार्यक्रम संचालन गर्नको लागि राज कुमार श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय व्यवस्थापन समिति खडा गरेको छ, अन्य सदस्यहरुमा रमेश के.सी., रमेश पाठक, शिव न्यौपाने र माधव आत्रेय र गोपाल गौतम रहेका छन् ।


नेपाली भाषा कक्षा संचालन व्यवस्थापन समितिका तर्फबाट समितिका संयोजक राज कुमार श्रेष्ठलेद्वारा प्रेषित विज्ञप्ति अनुसार कनेक्टिकटमा बसोवास गर्ने सम्पूर्ण नेपाली बालबालिकाहरुलाई लक्षित गरी जून महिनाको २१ तारिखदेखि कक्षा संचालन गर्ने प्रवन्ध मिलाइएको र भर्ना फारामहरु अभिभावकहरु समक्ष पठाउने कार्य प्रारम्भ भईसकेको छ । संयोजक श्रेष्ठका अनुसार ७ वर्षदेखि १३ वर्ष उमेरका बालबालिकाहरुलाई नेपाली भाषाका साथै नेपाली संस्कृति सम्बन्धी कार्यक्रम तथा अतिरिक्त क्रियाकलापको रुपमा ऐतिहासिक तथा महत्वपूर्ण स्थलहरुको भ्रमण जस्ता कार्यक्रम पनि समावेश गर्ने योजना रहेको छ । करिव तीन महिना संचालन हुने उक्त नेपाली भाषा कक्षा कार्यक्रममा बालबालिकाहरुको उत्साहजनक सहभागिता हुने कुरा संयोजक श्रेष्ठले बताउनुभएको छ । 
यस वर्षदेखि व्यवस्थापन समितिले शिक्षकहरुलाई भाषा शिक्षण विधि, कक्षा संचालन प्रविधि, शिक्षण सामग्रीको विकास सम्बन्धी आवश्यक तालीमको व्यवस्था गर्न लागेको जानकारी पनि संयोजक श्रेष्ठले दिनुभएको छ । दैनिक जीवनमा प्रयोगमा आउने बोलिचालीको नेपाली भाषालाई पाठ्यक्रममा समावेश गराई भाषा सिकाईलाई व्यवहारिक तथा प्रभावकारी बनाउनको लागि अभिभावकहरुको सुझाव र सरसल्लाह संकलन गर्ने उद्देश्यले अभिभावक तथा शिक्षक अधिवेशन राख्न लागिएको कुरा उहाँले व्यक्त गर्नु भयो । 
आशा छ, अमेरिकामा नेपाली भाषा तथा संस्कृतिको जगेर्ना गर्ने तथा हाम्रो चिनारीको संरक्षण गर्ने नेपालीहरुको प्रयासमा नेप्लिज एसोसिएसन अफ कनेक्टिकट (नेकोन) को यो कार्यक्रम कोशे ढुङ्गो साबित हुनेछ ।

डि. सी. नेपालमा छापिएको समाचार

जनपुकारमा छापिएको समाचार 

 

धन्यबाद ज्ञापन

आदरणीय रक्तदाता महानुभावहरु,

मे ११, २०१३ का दिन यस नेप्लीज एशोसियसन अफ कनेक्टीकटद्वारा “रक्तदान जीवन दान” भन्ने मूलमन्त्रका साथ आयोजित कार्यक्रममा सहभागी भै रक्तदान गर्नु भएका सम्पूर्ण महानुभावहरुमा नेप्लीज एशोसियसन अफ कनेक्टीकटको तर्फबाट हृदय देखि नै हार्दिक धन्यबाद ज्ञापन गर्दछौं । यस कार्यक्रम आयोजक  सह-आयोजक  तथा बेथ इजरेल एवं कम्युनिटिलाई विषेश धन्यबाद ब्यक्त गर्दछौ । नेपाली समुदायबाट २४ र ईजरायली समुदायबाट १९ जना गरी जम्मा ४३ जना रक्तदाता महानुभावहरुले रक्तदान गरी मानवजीवन रक्षाको लागि योगदान गर्नु भएको छ ।

उक्त कार्यक्रममा सक्रिय रुपमा सहभागी हुनु हुने, कार्यक्रममा उपस्थित हुनु हुने तथा विविध प्रकारका सहयोगले कार्यक्रम सफल पार्न महत्वपूर्ण भूमिका खेल्नु हुने सबै महानुभावहरुलाई म नेकोनको तर्फबाट हृदयदेखि  हार्दिक धन्यबाद ज्ञापन गर्दछौं  । रक्तदानको स्थान व्यवस्थापनमा सदैब न्यानो सहयोग पुर्याईरहने बेथ ईजरायली चर्च व्यवस्थापन हाम्रा लागि सधैं नै विषेश धन्यबादको पात्र रहँदै आएको छ । गत बर्ष झै यस बर्ष पनि अमेरिकन रेडक्रस सोसाईटी एवं त्यससंस्थाकी सहजकर्ता Ms. Olivia Davis लाई पम्प्लेट, ब्यानर सहित रक्तदान व्यवस्थापन र रक्तदान सहभागीहरुलाई रिफ्रेसमेन्टको ब्यवस्था मिलाई दिनु भएकोमा नेकोन परिवार सहर्ष धन्यबाद ज्ञापन गर्दछ ।

यस समग्र रक्तदान कार्यक्रमलाई सफलतापूर्व सम्पन्न गर्न सक्रिय स्वमंसेवकको भूमिका निर्वाह गर्नुहुने सबै स्वमंसेवकहरुलाई पनि धन्यबाद ज्ञापन गर्दछौ ।

यस रक्तदान कार्यक्रमलाई प्रभावकारी बनाउन ब्लड डोनेसन कमिटिका सम्पूर्ण सदस्य साथीहरूलाई हर्दिक धन्यवाद दिन चाहान्छौं ।

कार्यक्रमको सफलताको कामना गर्दै ब्लड डोनर्स अफ अमेरिका कनेक्टिकट राज्यका संयोजक एवं हाम्रो सस्थाका प्रमुख सल्लाहकार डा. गंधीराज भट्टराईले यस महान कार्य सम्पन्न गर्नको लागि आर्थिक सहयोग स्वरुप $१०० (एक सय डलर)  प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छौ।

प्रल्हाद पनेरु 

संयोजक, नेकोन रक्तदान समिति

एवं

घनश्याम खड्का

अध्यक्ष, नेकोन  

 

रक्तदान सम्पन्न

नेप्लिज असोसिएसन अफ कनेक्टिकट (नेकोन) तथा कंग्रिगेसन बेथ इजरेल सोसल जस्टिस कमिटिको संयुक्त आयोजनामा  मे ११, २०१४ का दिन वेस्ट हार्टफोर्ड, कनेक्टिकटमा छैटौं रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । रेडक्रसको सहयोगमा संचालित उक्त कार्यक्रममा ४३ जना रक्तदाताहरुले सफलता पूर्वक रक्तदान गर्नु भएको थियो | जसमा २४ जना नेपालीहरुको सहभागिता रहेको थियो | दाताहरुको नामावली यस प्रकार छ : 

१ . वसन्त स्टेनर
२. चिन्तुइ लामा
३. उत्तम लोहनी
४. राजन हुमागाईं 
५. प्रमोद पाण्डे
६. टिका घिमिरे
७. गणेश गौली
८. यादव दुलाल
९. सुरेन्द्र पाण्डे
१०.सुबास के.सी.
११. रमेश पाठक
१२. प्रमिला मल्लिक
१३. सन्ध्या खड्का
१४. लक्ष्मी बजगाईं
१५. सीता बजगाईं
१६. घनश्याम खड्का
१७. मुना तिवारी
१८. महेन्द्र श्रेष्ठ
१९. अर्जुन दाहाल
२०. राजन हुमागाईं
२१. माधव आत्रेय
२२. राज श्रेष्ठ
२३. सम्झना हमाल
२४ .गोपाल अधिकारी

कार्यक्रमको सफलताको कामना गर्दै ब्लड डोनर्स अफ अमेरिका, कनेक्टिकट राज्यका संयोजक डा. गान्धीराज भट्टराईले $ १०० सहयोग गर्नुभएको थियो |

उक्त कार्यक्रममा अनुरागी खड्का, राहुल खड्का, श्रेया सुवेदी, आर्या गौतम, कौस्तुभ बस्नेत दीक्षा बजगाईं तथा श्रुति मल्लिकले स्वयम् सेवक/ सेविकाको भूमिका निर्वाह गरेका थिए |

कार्यक्रम नेप्लिज असोसिएसन अफ कनेक्टिकट (नेकोन) रक्तदान समितिका संयोजक श्री  प्रह्लाद पनेरुको संयोजकत्वमा सम्पन्न भएको थियो |

 

डि. सी. नेपालमा छापिएको समाचार

 जनपुकार डट कममा छ्पिएको समाचार