NECONN Celebrates Nepali New Year 2073

कनेक्टिकटमा नयाँ वर्ष २०७३ को भव्य स्वागत

Fassion2रघुनाथ गिरी कनेक्टिकट,अप्रिल १८, २०१६ – नेपाली नयाँ वर्ष २०७३ सालको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी छरिएर रहेक नेपालीहरु वीच शुभकामना आदान प्रदान तथा विविध मनोरञ्जन प्रदान गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज (नेकोन)ले अप्रिल १७ तारिख आइतबारका दिन नव वर्ष सास्कृतिक साझ २०७३ को आयोजना गरि भव्य रुपमा स्वागत गर्यो । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिopeningधि महामहिम राजदुत दुर्गा प्रसाद भट्टराई ज्यूको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा अमेरिका स्थित नेपाली महावाणिज्य दुतावासका कार्यवाहक महावाणिज्य दुत श्री नारायण मैनाली ,बाणिज्यदुत कृष्ण कुमार सुबेदी लगायत विभिन्न सघं सस्थाका प्रतिनिधिको साथै उल्लेखनिय रुपमा कनेक्टिकट बासी नेपालीहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा सस्थाको मुखपत्र कनेक्टिकट चौतारीको चौथो अंक विमोचन, विश्व साईकल यात्री कालिका प्रसाद भण्डारीको सम्मान,आजीवन सदस्यता प्रदान, सस्थाको विभिन्न कार्यमा महत्वपूर्ण योगदान पु¥याउने महानुभावहरुलाई सम्मानका साथै विविध सास्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको समुदघाटन गर्दै राजदुत भट्टराईले committee and guiests1यस्ता कार्यक्रमले नेपाली चालचलन, सस्कृति, परम्परालाई झल्काउनुको साथै नयाँ पिडीको लागि अनुकरणिय हुने बताउदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा नेपाल सरकारको तर्फबाट नव वर्षको उपलक्ष्यमा सुख, शान्ति र सम्वृद्धिको कामना गर्नुभयो । कार्यक्रमका सभापति एवंम् सस्थाका अध्यक्ष श्री शंकरप्रसाद ढकालले संस्थाको तर्फबाट हार्दिक मंगलमय शुभकामना दिनुभयो । dance22स्वागत मन्तव्य राख्दै उपाध्यक्ष अर्जुन दाहालले सस्थाको तर्फबाट नेपालका भुकम्प पिडितका लागि करिब ४७ हजार डलर संकलन गरि राजदुत मार्फत प्रधानमन्त्री राहातकोषमा पठाएको उल्लेख गर्दै यसका लागि संकलन गर्ने निर्वतमान कार्यसमिती र हस्तान्तरण गर्ने वर्तमान कार्यसमिती प्रति हार्दिक आभार प्रकट गर्नुभयो । कार्यक्रमको बारेमा प्रकाश पार्दै कार्यक्रम संयोजक केशव शर्मा दाहालले कार्यसमिती तथा सहयोगी सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । सस्थाको मुखपत्र कनेक्टिकट चौतारीको चौथो अंकको विमोचन प्रमुख अतिथि तथा कार्यक्रम सभापतीबाट संयुक्त रुपमा भएकोथियो । भने चौतारी प्रकाशनका सम्पुर्ण समुहलाई प्रधान सम्पादक राम national anthemकुमार सुवेदिले धन्यवाद ज्ञापन गर्नुभयो  । उक्र कार्यक्रममा विश्व साईकल यात्री कालिका प्रसाद भण्डारी तथा सस्थाका नव आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो । कनेक्टिकट राज्यका गभर्नर डानियल पि मलोइले पठाउनु भएको शुभकामना सन्देश सस्थाका सचिव नारायण पौडेलले वाचन गनुभएको थियो । कार्यक्रमको मुख्य आकर्षणको रुपमा विविध सास्कृतिक कार्यक्रम रहेको थियो । जसमा स्थानिय कलाकारहरुले विभिन्न किसिमका नेपाली भेषभुषा, संस्कृति झल्कने अति नै आकर्षक र मनमोहक भेषभुषा प्रर्दशनी, गायन तथा नृत्यहरु प्रस्तुत गरेका थिए । सहभागि कलाकार,स्वयंसेवक तथा सहयोगी व्यवसायी संस्थाहरुलाई अध्यक्ष श्री शंकर प्रसाद ढकालले प्रशंसा पत्र danceप्रदान गर्नुभएको थियो । औपचारिक कार्यक्रम संचालन संस्थाका सचिव नारायण पौडेलले गर्नुभएको थियो भने साँस्कृतिक कार्यक्रमको उद्घोषण दीपक लामा तथा बिस्मिता घिमिरेले गर्नुभएको थियो । स्मरण रहोसः नेकोनले संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा आफ्नो स्थापनाकाल देखि नै नेपालीहरुको महान पर्व वडा दसै, दीपावली तथा नयाँ वर्षको उपलक्ष्यमा विविध सास्कृतिक कार्यक्रम गर्दैआईरहेको छ । यसरी विभिन्न dance1समयमा आयोजना गरिने यस्ता कार्यक्रमले एकातिर परदेशमा रहेर क्षणिक रुपमा भएपनि स्वदेशको आभास दिदै आफ्नो धर्म, कला, सस्कृति, रितिरिवाजको जर्गेना गर्दै अन्तराष्ट्रिय स्तरमा परिचित गराउन मद्दत गर्दछ भने अर्को तर्फ नयाँ पुस्तालाई धर्म, कला,सस्कृति, रितिरिवाजको बारेमा सिकाउ छ । त्यसैले आफ्नो
धर्म, कला, सस्कृति, रितिरिवाजको जिवन्तता दिर्दै अन्तराष्ट्यि स्तरमा परिचित गराउन यस्ता कार्यक्रम निरन्तर रुपमा प्रवासमा संचालन गनुपर्ने देखिन्छ ।

DANCE FINAL

CLICK HERE TO VIEW PHOTO GALLERY

 

 

 

 

 

 

 

Posted in Uncategorized |

Connecticut Chautari Advertisement Teriff

advertisement2श्रद्धेय कनेक्टिकटबासी व्यवसायीज्यूहरू
कनेक्टिकट नेपाली समाज(नेकोन)ले विगत वर्षहरूमा झैं नयाँ वर्ष २०७३ पारेर वार्षिक स्मारिका “कनेक्टिकट चौतारी” यो वर्ष पनि निकाल्न लागेको सहर्ष जानकारी गराउँछु। यहाँहरूको पवित्र सहयोग, सद्भाव, शुभेच्छा, र सकृय सहभागिता बेगर निकाल्न कठीन मात्र हैन शायद सम्भव समेत छैन। विगतको वार्षिक मुखपत्र प्रकाशनको लागि यहाँहरूबाट प्राप्त स्वतस्फुर्त तन, मन, वचन, र धनको सहयोग  र योगदानलाई शीर झुकाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। यस वर्ष पनि त्यसरी नै यहाँहरूको सहयोगको लागि हार्दिक अपेक्षा गर्दछु। सँस्थाको हितमा र समाजको श्रीविद्धिमा सक्रिय सहयोग र योगदान गर्नु भएकोमा यहाँहरूको व्यापार, व्यवसाय,  नोकरीमा प्रगति र सम्वृद्धि  र पारिवारिक अटल सुख र शौभाग्यको मंगलमय कामना गर्दछु।
शुभकामना संदेश, विज्ञापनको शुल्क कृपया तल हेर्न हुन सादर अनुरोध गर्दछु।
विनीत

रामकुमार सुबेदी
(रामअविराम)
प्रधान सम्पादक
कनेक्टिकट  चौतारी


Commercial and Personal Customized Advertisement Tariff:
Cover page (back) – color only
Full page – $150                  Half page – $100

Cover page (last page, inside) – B/W only
Full page – $75                    Half page – $40

Cover page (first, inside) – B/W only
Full page – $100                  Half page – $60

All other pages – B/W only
Full page – $60                    Half page – $35       ¼ page – $20

Member special: Only $10 for your individual new year wishes up to 25 words

Personal messages longer than 25 words will be charged based on page size

 

Posted in Uncategorized |

कनेक्टिकट चौतारी

heading 4 कनेक्टिकटबासी नेपाली सम्मानित साहित्यिक सर्जकहरू !!!

जदौ!!!

कनेक्टिकट नेपाली समाज(नेकोन) को वार्षिक मुखपत्र “कनेक्टिकट चौतारी” विगत वर्षहरूमा झैं यो वर्ष पनि प्रकाशन गरी नयाँ वर्ष २०७३ विशेष कार्यक्रममा विमोचन गर्ने सहर्ष जानकारी गराउँछु। कनेक्टिकट चौतारी हाम्रो समाजको दर्पण हो त्यसैले यो स्मारिकाको लागि यहाँहरूको सकृय साथ, सहयोग, सद्भाव, शुभेच्छा र सिर्जनाको लागि सविनम्र अनुरोध गर्दछु। यहाँहरूको सहभागिता बेगर छोटो समयमा स्मारिका निकाल्न कठीन र चुनौतिपूर्ण हुन्छ तर यसलाई एक अवसरको रूपमा लिई तन, मन, वचन, सिर्जना र कर्मद्वारा सक्दो समर्पण गरे हाम्रो स्मारिकालाई पठनीय, स्तरीय, संग्रहणीय र प्रिय बनाउन सकिन्छ। त्यसको लागि हामी सबै, विगतमा भएका कार्यक्रमहरूमा झैं एकजुट भएर लाग्न सार्वजनिक अनुरोध गर्दछु। म यो कनेक्टिकट चौतारीमा संलग्न रहेकोले पनि कनेक्टिकटबासी सम्पूर्ण साहित्य सर्जक, साहित्यानुरागी सम्मानित सबैलाई निर्धारित समयमा लेख, रचना, कथा, कविता, गीत, गजल, निवन्ध अथवा अनुसन्धानात्मक लेखहरु आदि सिर्जनाहरू पठाई दिन हुन म हार्दिक निवेदन गर्दछु।

रचना प्रकाशनका लागि केही विधिहरू बारे जानकारी गराउन चाहन्छु –

१. हाम्रा वालवच्चाहरूको रचनालाई प्रमुख स्थान दिइनेछ। उनीहरूको प्रयासलाई प्रोत्साहन गरिनेछ

२. भुटानबाट यहाँ बसोबास गर्नु भएका हाम्रा आदरणीय नेपाली आफन्त सर्जकहरूको सिर्जनालाई पनि         समेट्ने प्रयास गरिनेछ। त्यसको लागि उहाँहरूको सँस्था, समाज र अग्रजहरूलाई अनुरोध गरिनेछ।

३. रचना नेपाली अथवा अंग्रेजी मध्ये कुनै एक भाषामा लेखिएको र रचना सहित पासपोर्ट साईजको फोटो र संक्षिप्त परिचयको अपेक्षा गरिन्छ।

४. नेपाल र अमेरिका कानून विपरित, देशको हित विपरीत लेखिएको रचनालाई स्थान दिइनेछैन

५. सँस्था, समाज, व्यक्ति र सँस्थाका भूतपूर्व र वर्तमान पदाधिकारीहरूलाई अपमान गर्ने, होच्याउने कुनै पनि रचनालाई स्थान दिइने छैन।

६. कुनै जात, जाति, धर्म, लिङ्ग, सम्प्रदाय, भाषाभाषीहरूको विरुद्धमा लेखिएका रचनाहरू प्रकाशन गर्न योग्य हुने छैन।

७. रचना प्रकाशन गर्न उपयुक्त छ छैन भनी निर्णय गर्ने अन्तिम र सम्पूर्ण अधिकार प्रधान सम्पादक र सम्पादक मण्डलमा रहेका पदाधिकारीहरूलाई हुनेछ।

८. रचनामा लेखिएका कुराहरुको र प्रकाशित सिर्जनामा उल्लेखित कुराहरूको सम्पूर्ण जिम्मेवारी स्वयम् लेखक हुनेछ।

९. लेख रचनाहरू फरवरी महीनासम्म नेकोनको कार्यालय, नेकोनको ईमेलमा अथवा प्रधान सम्पादकको ठेगाना वा निजको ईमेलमा टाईप गरेर, हस्तलिखित अथवा ईमेल मार्फत पठाउन सक्नु हुनेछ। फरवरी महीना पछि आएका सिर्जनालाई स्थान दिन कठीन हुनेछ।

१०. विज्ञापन, शुभकामना सन्देश राख्न हुने सम्मानित व्यवसायी र अग्रजहरूलाई सँस्था मार्फत विशेष आग्रह र अनुरोध छुट्टै र छिट्टै गरिनेछ।

सम्पादन मण्डलको नामावली:

१. राम कुमार सुबेदी, Chief Editor  Ph # 860-871-0130
२. बिष्णु तिवारी-   860-817-9938
३. नर्सिला तामांग(प्रधान)
४. देवलाल मोक्तान
५. ईन्दिरा रेग्मी-    860-990-8326
६. लवदेव जोशी

धन्यवाद

राम कुमार सुबेदी
(रामअविराम)

Address
Ram Kumar Subedi
19 Stone Dr. Windsor Locks
CT 06096

Phone # 860-871-0130

email address: subedisansar@gmail.com
ramabiram@hotmail.com

Posted in Uncategorized |

कनेक्टिकटमा देउसी तथा भैलो कार्यक्रम सम्पन्न

रघुनाथ गिरी
नोभेम्बर १६,कनेक्टिकट अमेरिका

DSC_0372हिन्दुहरुको दोस्रो महान पर्व शुभ दीपावलीको उपलक्ष्यमा कनेक्टिकट नेपाली समाज(नेकोन)ले नोभेम्बर १३,१४ तथा १५ तारिख गरी ३ दिन अमेरिकाको कनेक्टिकट  राज्यमा देउसी तथा भैलो  खेल्यो । देउसी खेल्ने  क्रममा १३ स्थानलाई केन्द्रविन्दु बनाई करिब २१० घरधुरी लाई समेटिएको जानकारी नेकोन देउसी तथा भैलो कार्यक्रम संयोजक केशव शर्मा दाहालले दिनु भयो । देउसी तथा भैलो  खेल्ने क्रममा स्टोर्स,विन्जर्स लगायतका टाढा–टाढाका स्थान तथा नेपाली भाषी भुटानीहरुको घरपरिवारलाई समेत समेटिएको थियो । कार्यक्रममा सस्थाका पदाधिकारी तथा सहभागीहरु नेपाली पोशाकमा सजिएका थिए । उक्त कार्यक्रम एकदमै DSC_0262मनोरञ्जनपुर्ण र कलाकारहरुले प्रस्तुत गरे जस्तै देखिन्थ्यो । कार्यक्रममा विभिन्न देउसी गीत प्रस्तुत गरिएको थियो भने बालकलाकार बिनाक्षा घर्तीमगरको नृत्यले उपस्थित सबैलाई मन्त्रमुग्ध पारेको थियो । देउसी तथा भैलो भट्याउने काम केशव शर्मा दाहाल तथा प्रकाश भट्टराई तथा ध्वनी नियन्त्रण तथा  व्यवश्थापन प्रमोद प्रधानले गर्नुभएको थियो उक्त कार्य देउसी भैलोमा मुख्य भुमिकाको रुपमा आउने गर्दछ । कार्यक्रममा नेपाल बाट आउनु भएका आमा,बुबा तथा कनेक्टिकट बासी घरधनीहरुको उल्लेखनिय सहभागिता हुनुको साथै आ आफ्नो गक्षअनुसार दान दक्षिणा नेपाली परम्परा अनुसार प्रदान गरेका थिए ।

नोभेम्बर १५ तारिखका राती  कार्यक्रमको समापन गदै सस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले सहभागी DSC_0472तथा सहयोगी सबैलाई धन्यवाद दिदै यस्ता सास्कृतिक कार्यक्रमले सस्था तथा कनेटिकटको नेपाली समाजलाई एकतावद्घ बनाउने विस्वास व्यक्त गर्नु भयो । साथै उहाँले कार्यक्रममा स्थान उपलब्ध गराउने मुल  घरधनी तथा सहयोग पुर्याउने घरधनीलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । सोही समारोहमा नेकोन देउसी तथा भैलो कार्यक्रम संयोजक केशव शर्मा दाहालले कार्यक्रमा सहयोग गर्ने महानुभाव हरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसरी विभिन्न चाडपर्वका समयमा आयोजना गरिने यस्ता कार्यक्रमले एकातिर परदेशमा रहेर क्षणिक रुपमा भएपनि स्वदेशको आभास दिदै आफ्नो धर्म,कला,सस्कृति,रितिरिवाजको जर्गेना गर्दै अन्तराष्ट्रिय स्तरमा DSC_0400परिचित गराउ मद्दत गर्दछ भने अर्कोतर्फ नयाँ पुस्तालाई धर्म,कला,सस्कृति,रितिरिवाजको बारेमा सिकाउ छ । त्यसैले आफ्नो धर्म,कला,सस्कृति,रितिरिवाजको जविन्तता दिर्दै अन्तराष्ट्यि स्तरमा परिचित गराउ यस्ता कार्यक्रम निरन्तर रुपमा प्रवासमा संचालन गनुपर्ने देखिन्छ ।

Posted in Uncategorized |

कनेक्टिकटमा दशै कार्यक्रम रमझमका साथ सम्पन्न

रघुनाथ गिरी
कनेक्टिकट,अक्टोबर २७

3X8A6224हिन्दुरुको महानपर्व विजयादशमीको उपलक्ष्यमा कनेक्टिकट राज्य भरी  छरिएर रहेका नेपालीहरु वीचशुभकामनातथाआर्शिवादआदानप्रदानगर्नुकासाथै विविधमनोरञ्जन प्रदानगर्ने उद्देश्यका साथ  कनेक्टिकट नेपाली समाज(नेकोन)ले, अक्टोबर २५ तारिख आर्इृतबारका  दिनदशै कार्यक्रम २०७२  रमझमका साथ सम्पन्न गर्यो । चौराशीपुजा गरीसक्नु भएका समाजका ज्येष्ठ नागरिक नरबहादुर पोख्रेल ज्यूको प्रमुख आतिथ्य तथा सस्थाकाअध्यक्षशंकर प्रसाद ढकाल ज्युको सभापतित्वमा 3X8A6208सम्पन्नउक्तकार्यक्रममाउल्लेखनियरुपमा कनेक्टिकट बासी नेपालीहरुको उपस्थितीथियो । उक्तकार्यक्रममाआमा बुबाहरुबाट सहभागीलाई टीका जमरा ग्रहण, ७५ वर्ष नाघेका बुबाहरुलाई सम्मानगर्नुका साथै आमन्त्रीत र स्थानियकलाकारहरुबाट विविध सास्कृतिककार्यक्रमगरिएको थियो । उपस्थितकलाकार,जेष्ठ नागरीक तथाअतिथीलाईनिःशुल्कपासको व्यवस्थागरिएको थियो भने कार्यक्रमलाई स्थानियव्यक्तितथाव्यवसायी संस्थाहरुले आर्थिक सहयोग गरेका थिए ।

कार्यक्रमका सभापतिएवंम सस्थाकाअध्यक्षश्री शंकर प्रसाद ढकालले दशैको शुभकामनादिदै उपस्थिततथाकार्यक्रमका सहयोगी सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो भने सस्थाका सचिव नारायण पौडेलले स्वागतमन्तव्य राख्नुभएको थियो ।कार्यक्रमकाप्रमुखअतिथीनरबहादुर पोख्रेललेविदेशमाआएर पनि नेपालीहरु एकिकृत भएर दशै कार्यक्रम गरेकोमाहर्ष व्यक्तगर्दै आगामीवर्षहरुमापनि यस्तै कार्यक्रमहरुको 3X8A6121निरन्तरतातथा कनेक्टिकट बासी नेपालीहरुकाएकताको कामनागर्नुभयो । कार्यक्रमको महत्व र तयारीको बारेमाप्रकाशपार्दै कार्यक्रम संयोजक हरी प्रसाद जोशीले सहयोगी संघ सस्थातथाव्यक्तिलाई सस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।उक्तकार्यक्रममा सस्थाकीमहिला सल्लाहकार वसन्तान्यौपाने, समाजसेवीकृष्ण अधिकारी,अमेरीका नेपालीसमाज ब्राण्डफोर्डका अध्यक्ष रामचन्द्र रेग्मीतथा नेपाल बाट आउनुभएकाअभिभावकहरुले शुभकामनामन्तव्य राख्नुभएको थियो।उक्तकार्यक्रममा७५ वर्ष नाग्नुभएका २५ जनाबुबाहरुहरुलाई सम्मानगरिएको थियोभने कार्यक्रमको शुरुवात नेपालतथा अमरिकाको राष्ट्रिय गानबाट गरिएको थियो ।उक्तकार्यक्रमको उद्घोषणकेशवशर्मा दाहाल, राजनहुमागाई तथाविकाश रेग्मीले गर्नु भएको थियो । कार्यक्रमको बारेमाप्रतिक्रियादिदै सहभागीप्रकाश भट्टराईले औपचारीक कार्यक्रमअनावश्यकलामो भएको तर सास्कृतिककार्यक्रमएकदमै राम्रो रहेको बताउनु भयो भने अर्का सहभागी सुर्यमानश्रेष्ठले कार्यक्रमअहिले सम्मकै उत्कृठ भएको धारणा राख्नुभयो ।
DSC_02123कार्यक्रमको मुख्यआकर्षणको रुपमा अमेरिकन नेपालीकलाकार संघका अध्यक्षगम्भु शेपाको प्रस्तुती रहेको थियो भने चर्चित गायकगायिका सुमन बुढा र सुनिता रानामगरको लोकदोहोरीले सम्पुर्ण दर्शकलाई छमछमी नचाएको थियोे । सुदुर पश्चिमको देउडानाचप्रतिको दर्शको सहभागिताले नेपालीहरुको एकताको आभाषदिन्थ्यो ।कार्यक्रमको अर्को आकर्षणको रुपमासास्कृतिककार्यक्रमका संयोजक केशवशर्मा दाहालको समुहको स्थानियलोकदोहोरी थियो।

 

Posted in Uncategorized |

नेपालमा संविधानको घोषण सँगै कनेक्टिकटमा दीप प्रज्वलन

PICTURE1रघुनाथ गिरी

कनेक्टिकट,सेप्टेम्बर २०

मातृभुमि नेपालमा संघिय गणतन्त्र नेपालको संविधान २०७२ को घोषण सँगै कनेक्टिकट राज्यमा छरिएर रहेका प्रवासी नेपालहरु वीच खुशियाली मनाउने, DSC_0012शुभकामना आदान प्रदान गर्ने तथा संविधानको दिगोपनको कामना गर्ने उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन) ले गत सेप्टेम्बर २०, तारिख आर्इृतबार साँझ वेस्ट हार्डफोर्डको केनेडी मेमोरियल स्टेट पार्कमा दीप प्रज्वलन गर्यो । शुभकामना मन्तव्य दिदै संस्थाका अध्यक्ष श्री शंकर प्रसाद ढकालले संस्थाको तर्फबाट उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै नेपालमा राजन्ैतिक दलहरुको एकतालेनै संविधान जारी भएको र प्रवासी नेपालीहरुको हक हित र भलाई एकता वाटै संभव हुने बताउनु भयो । सस्थाकी सल्लाहकार वसन्ता न्यौपानेले एकता नै बल भएको,यसैबाट DSC_0002संविधान संभव भएको र प्रवासी महिलाहरु प्नि एकजुट हुनुपर्ने बताउनु भयो । शुभकामना मन्तव्य दिनेहरुमा सदस्यहरु राम सुवेदी, कृष्ण अधिकारी, यादव दुलाल हुनुहुन्यो भने गैरआवासिय नेपाली संघ, कनेक्टिकटका प्रतिनिधि लक्ष्मि बजगाईले हाल जारी नेपालको संविधान प्रवासी नेपालीको हितमा रहेको बताउनु भयो । उक्त मैनवत्ती प्रज्वलनको लागि स्वतःस्फुर्त रुपमा करिब २०० जना कनेटिक्कट बासी प्रवासी नेपालीहरु सहभागी रहेका थिए ।

नेपालमा असोज ३ गते जारी गरिएको संविधान जनताकै प्रतिनिधि प्रथम राष्ट्रपति डा.रामवरण यादव द्धारा जनताकै लागि प्रथम पटक घोषण गरिएको थियो । जन प्रतिनिधिहरुबाट जनताको सहभागितामा जनताकै लागि तयार पारी घोषणा DSC_0151गरिएता पनि अझै केही असन्तुस्ट पक्ष बाहिरै छन । बाँकी रहेका असन्तुस्ट पक्षलाई लोकतान्त्रीक ढंगले प्रवेश गर्न दिने ढोका भने यस संविधानले खुल्ला राखेको छ । यसले प्रवासी नेपालीलाई नागरिकता,आर्थिक,सास्कृतिक, र बसोबासको अधिकार प्रदान गरी प्रवासी नेपालीहरु प्रति पनि उदार देखिएको छ । त्यसैले यसलाई ऐतिहासिक र जनताकै संविधान भन्न सकिन्छ ।  यस्तो महत्वपुर्ण दिन एक  युगमा एक पटक मात्र आउने गर्दछ । त्यसैले आफु जुन संघ,देश वा परदेशमा रहेता पनि दिपावली गरौ खुशियाली मनाऔ । म नेपाली, हामी नेपाली , हामी सवै नेपाली भन्ने भावनाको विकास गरौ ।  देशको मुल कानुन संविधानलाई पालना गर्नु सम्पुर्ण नेपालीको परम कर्तव्र्य हुन आउँछ । त्यसैले यस संविधानको कार्यान्वयनमा जोड दिई सम्वृद्ध राष्ट्रको निमार्ण गरौ ।

Click here for Photo Gallery

 

 

Posted in Uncategorized |